काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा नेपालन्युजका विशेष प्रतिनिधि खिलानाथ ढकाल पुरस्कृत भएका छन्।

समाचार लेखनमार्फत ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण’मा योगदान पुर्‍याएको भन्दै अख्तियारले ढकाललाई बुधबार पुरस्कारसहित सम्मान गरेको हो।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले ढकाललाई पुरस्कार र सम्मान-पत्र प्रदान गरेका थिए। ढकालसँगै उकालो डटकमकी वरिष्ठ संवाददाता दीपा दाहाल, नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन र गोरखापत्र दैनिकका मुगु संवाददाता हरिकृष्ण ऐडी पनि पुरस्कृत भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले अख्तियारका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन्। सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा लेख-रचनामार्फत भूमिका खेलेको कदर गर्दै अख्तियारले दीपेश घिमिरेलाई पुरस्कृत गरेको थियो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतको उपस्थिति थियो।