काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीका लागि बेलायत र रोमानिया पठाइदिने बहाना पारेर रकम ठगेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सम्सी गाउँपालिका १‚ महोत्तरी घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४१ वर्षीय जटाधर राउत छन्।

राउतलाई सूर्यविनायकबाटै मंगलबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले बताए। राउतले विदेश पठाइदिने भनी पाँच जनाबाट ८० लाख रुपैयाँ ठगी गरेको उजुरी कार्यालयमा परेको थियो।

रकम संकलन गरेर लामो समय झुक्यानमा पारी सम्पर्कविहीन भएपछि राउतविरुद्ध ती व्यक्तिले उजुरी दिएका थिए। राउतलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।