काठमाडौँ। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार एक सय रुपैयाँले बढेर तिन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला तिन लाख पाँच हजार पाँच सय रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार दुई सय ९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार दुई सय ४० रुपैयाँ रहेको थियो।