काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपअन्तर्गत आज तीन खेलहरू हुँदैछन्।

समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह ‘बी’ का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो।

पहिलो खेल बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

दोस्रो खेल अस्ट्रेलिया र आयरल्यान्ड बिच श्रीलंकाको कोलम्बोमा हुनेछ । समूह बी मा रहेका यी दुई टिम बिचको खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ। अस्ट्रेलियाको यो पहिलो खेल हो। आयरल्याण्ड यसअघि पहिलो खेलमा श्रीलंकासँग पराजित भइसकेको छ।

तेस्रो खेल साँझ ७:१५ बजे  इंग्ल्यान्ड विरुद्ध वेस्ट इन्डिज भिड्दैछन्। समूह ‘सी’ को शीर्ष स्थानका लागि यो खेल निकै महत्त्वपूर्ण हुनेछ।

नेपाललाई पराजित गरेको इंग्ल्यान्ड र आफ्नो पहिलो खेल जितेको वेस्ट इन्डिज दुवैको समान २ अंक छ।