काठमाडौँ। बांगलादेशमा बिहीबार भइरहेको निर्वाचनमा बांगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का नेता मोहीबुज्जामन कोचीको निधन भएको छ।
खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा झडप हुँदा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।
बिहान ९ बजेतिर उनी खुलना अलिया मदरसा मतदान केन्द्रमा पुगेका थिए ।
मतदान केन्द्रभित्र दुई समुहबीच झडप हुँदा कोचीलाई धकेलेपछि रुखमा ठोक्किएर टाउकोमा चोट लागेको आरोप लगाईएको छ।
टाउकोमा चोट लागेका कोचीलाई उपचारको लागि नजिकैको मेडिकल कलेजमा लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।