काठमाडौं । नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । बुधबार भएको अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा इलामावाद युनाइटेडले अनुबन्ध गरेको हो ।
दिपेन्द्रले अक्सनबाट आफू छनोट खबर सुन्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् । पीएसएलमा अनुबन्ध भए लगत्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले दिपेन्द्रलाई सफलताको शुभकामना दिएका छन् ।