काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार देखिएको भक्तजनको घुइँचो । तस्बिर : सन्तोष पुर्कुटी/रासस
अ+
अ-

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन् ।

माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए ।

चिसो घट्दै गएकाले भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ । समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ । पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन् ।