काठमाडौँ। आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन्।
दिनको अन्तिम खेल भने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा रहेको छ। भारत र पाकिस्तानबिचको खेल श्रीलंकाको कोलोम्बोमा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ। यो समूहमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुआती दुई खेल जितेर समान चार चार अंकमा शीर्षमा रहेका छन्।
पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने बताएको थियो। यसअघि बंगलादेशले पनि भारतमा नेखेल्ने भनेपछि उसलाई प्रतियोगिताबाटै बाहिर राखिएको थियो। उसको ठाउँमा अहिले स्कटल्याण्डले विश्वकप खेलिरहेको छ।
भारतले नामिबियालाई ९३ रन र संयुक्त राज्य अमेरिकालाई २९ रनले हराएको थियो।
त्यस्तै, पाकिस्तानले नेदरल्याण्डलाई ३ विकेट र अमेरिकालाई ३२ रनले पराजित गरेको थियो।