काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएको हो।
नेपालका मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए। उनले कठिन अवस्थामा इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका हुन्।
अन्तिमतिर सोमपाल कामीले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोड्दै टोलीलाई १३० रन पार गराएका थिए।
ओपनर कुशल भुर्तेल एक रनमै आउट हुँदा नेपालले सुरुआतमै धक्का बहोरेको थियो।
आसिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २ र लोकेश बम १३ रनमा आउट भए। गुलशन झा ११ रन बनाएर पेभिलियन फर्किए। करण केसी १ रनमा आउट भए।
वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। म्याथ्यु फोर्ड, अकील होसेन, शमार जोसेफ र रोस्टन चेजले १/१ विकेट लिए।