काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं ।अघिल्ला निर्वाचनको तुलनामा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा निकै सक्रिय देखिएका छन्।

यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यो सक्रियता केवल चुनावी रणनीति मात्रै होइन, पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका केही चुनौतीका कारण पनि हुनसक्ने संकेत देखिन्छ।

गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौं फर्किएका ओली आज फेरि झापा जान लागेका हुन्। उनी बिहान १० बजेर २० मिनेटमा काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने कार्यक्रम छ।