काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

खिचिक्क

बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको खुल्यो परिचय, प्रहरीको नियन्त्रणमा टिपर चालक

६ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काभ्रे। टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको बनेपा शान्त हुँदै गएको छ।

बनेपा ७‚ चाँदनीचोकमा बुधबार बिहान टिपरको बा.प्र.०१-००४ क ३४२३ नम्बरको टिपरले बा.प्र.०२-०६३प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँएको थियो। टिपरले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल ८ का ३१ वर्षीय स्कुटरचालक ओमन प्रधानको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा संलग्न सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका ६ का ३२ वर्षीय टिपर चालक दीपक रोक्कालाई पक्राउ गरिएको छ।

स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीय बासिन्दाले आगो लगाएका छन्। आगजनीको कारण यहाँको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो।

स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट हटाएपछि अहिले यातायात नियमित भएका छन्। प्रहरीले सुरक्षा अवस्था चुस्त बनाएको छ। तनावग्रस्त बनेको बनेपा अहिले शान्त बन्दै गएको छ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :