काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

धनुषा। जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ।

सभामा सभापति गगनकुमार थापा‚ उपसभापति विश्वप्रकाश शर्मा‚ विमलेन्द्र निधिलगायत केन्द्रीय तहका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ। यही कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक गरिँदै छ। जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ।

त्यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिज्ञा पत्रलाई सर्वसम्मत पारित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले २१ फागुनमा हुने निर्वाचनका लागि पार्टीले सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो।

मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरमा आयोजना हुने प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेसी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा कांग्रेसले लिएको छ।

मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ।

हेर्नुहोस् थप तस्बिर :