खिचिक्क
पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्ध थप घनिष्ठ बनाउने विश्वास
काठमाडौँ। शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाएको छ।
ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछ।
यस पर्वमा शेर्पाहरूले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। पारिवारिक एवं सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा पर्वलाई लिइन्छ। स्याब्रु नृत्य, तुंगना (डम्याङ)को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ।
नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ।
ग्याल्पो ल्होसारकै अवसरमा परम्परागत पोसाकमा सजिएर काठमाडौँको सिफल चौरमा भेला भई शेर्पाहरूले खुसियाली साटासाट गरेका छन्।
हेर्नुहोस् तस्बिरमा :

