काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरूबाट हराएका सवारीसाधन फेला पारे‍र धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बिहीबार एक कार्यक्रम गर्दै उपत्यकामा विभिन्न ठाउँ र मितिमा हराएका ५२ वटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

चालु आर्थिक वर्षमा १ हजार ५३१ जनाले चोरी भएको भन्दै ट्राफिक प्रहरीमा निवेदन दिएका थिए। कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा ५२ वटा दुई पांग्रे सावरी साधन फेला पारि स्कुटर र मोटरसाइकल धनीलाई जिम्मा लगाइएको ट्राफिक एसएसपी नवराज अधिकारीले बताए।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ३३९ थान स्कुटर,मोटरसाइकल फेला पारी धनीलाई बुझाएको जनाएको छ।