काठमाडौँ। हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ। भक्तपुरस्थित रिडर्स हबमा हुने एकदिने प्रतियोगिता ‘बगहाउस फर्म्याटमा’ मा सञ्चालन गरिनेछ।
आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ। दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन। तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ। प्रतियोगिता स्विस प्रणालीका आधारमा पाँच राउन्ड खेलाइनेछ। प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ।
टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ। कुल १५ हजार रुपैयाँ पुरस्कारको हिमालयन डुओमा उपाधि जित्ने टिमले ट्रफी, मेडलसँगै नगद सात हजार रुपैयाँ पाउनेछ। उपविजेताले पाँच हजार र तेस्रो हुने टिमले तीन हजार हात पार्नेछन्।