काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
India's Shivam Dube, center, and batting partner Hardik Pandya run between the wickets as Netherlands' Kyle Klein, right, looks on during the T20 World Cup cricket match between India and Netherlands in Ahmedabad, India, Wednesday, Feb. 18, 2026. (AP Photo/Ajit Solanki)
अ+
अ-

काठमाडौ   । आइसीसी टी-२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो ।

भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन बनाउन सक्यो ।

उसका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए । २३ बलको सामना गरेका उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै माइकल लेविटले २४, कोलिन एकरम्यानले २३, म्याक्स ओुडाउडले २० रनको योगदान दिए ।

भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए । तीन ओभर बलिङ गरेका चक्रवर्तीले १४ रन खर्चिए । शिवम् दुवेले दुई विकेट लिँदा जसप्रित बुमराह र हार्दिक पाण्ड्याको नाममा एकएक विकेट रह्यो ।

 

त्यसअघि भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१, हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किसन आजको खेलमा १८ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका लोगान भ्यान बेकले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै आर्यन दत्तले दुई तथा काइल क्लेनले एक विकेट लिए ।