काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

८ फाल्गुन २०८२
अ+
अ-

खार्तुम । सुडानको एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको बालबालिकामामिला निकाय (युनिसेफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।”

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, “हामीले डार्फरबाट पनि त्यस्तै विचलित गर्ने ढाँचाहरू देखिरहेका छौँ, जसमा मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन्।”