९ फाल्गुन २०८२
नेकपा एमाले अध्यक्ष केपी ओली। तस्बिर : ओलीको सचिवालय
अ+
अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । उनी झापाका विभिन्न क्षेत्रमा हुने चुनाव केन्द्रित कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका ओलीले आज बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनले आयोजना गर्ने कार्यक्रम तथा भेटघाटमा सहभागी हुनेछन् ।