काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। भकारी बिजनेस हाउस र पोलिटेक रिसाइकललाई वैभव उद्यमी सम्मान-२०८२ प्रदान गरिएको छ।

भकारी बिजनेस नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो। जहाँ २५ युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यस्तै पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो। यहाँ २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘वैभव उद्यमी सम्मान कार्यक्रम २०८२’ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सम्मान प्राप्त गर्ने उद्यमीहरूले खुसी व्यक्त गर्दै सम्मान पाउने अपेक्षा नगरे पनि मूल्यांकन समितिबाट छनोट हुँदा थप हौसला प्राप्त भएको प्रतिक्रिया दिए।

कार्यक्रमका प्रमुख अतिथि गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।