काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार छ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।