काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

अदानचुली। जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका–७ को डाडाँफायाँमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

आइतबार राति ११ः०० बजे १७ वर्षीया निशा सुनार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

“ती किशोरी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी भन्ने खबर आएपछि प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ, विस्तृत जानकारी आउने क्रममा छ”, उनले भने ।