काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

न्युयोर्कमा यात्रा असम्भव

११ फाल्गुन २०८२
न्युयोर्कको सेन्ट्रल पार्कमा मात्र १५ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ।
अ+
अ-

वासिंटन। अमेरिकामा आएको आँधीले जनजीवन प्रभावित बनेको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाले देशका केही भागमा २२ इन्च (५५.९ सेन्टिमिटर) भन्दा बढी हिउँ परेको जनाएको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा मात्र १५ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ।

मौसमसँग सम्बन्धित अमेरिकी एउटा राज्यको एजेन्सीले चेतावनी दिएको छ कि पूर्वी अमेरिकामा ठुलो आँधी आउँदा न्युयोर्कमा यात्रा लगभग असम्भव हुनेछ।

न्युयोर्क राज्य गृह सुरक्षा र आपतकालीन सेवा विभागका अनुसार- ‘तीव्र हावा र भारी हिमपातले सेतो धुवाँजस्तो अवस्था सिर्जना गर्नेछ। जसले न्युयोर्कको डाउनस्टेटमा तुँवालोले ढाक्नेछ अर्थात् भिजिबिलिटी कम हुनेछ।’

न्युयोर्क सहरको ब्रुकलिन क्षेत्रको तस्बिर।

राज्यको यातायात विभागले छुट्टै पोस्टमा भनेको छ-‘यदि तपाईं आज घरबाट काम गर्न सक्नुहुन्छ भने‚ त्यसो गर्नुहोस्।”

कनेक्टिकट यातायात विभागले एक्समा लेखेको छ‚ ‘घरमै बस्नुहोस् र सडकबाट टाढा रहनुहोस्। यदि तपाईं बाहिर जानैपर्छ भने गाडी बिस्तारै चलाउनुहोस् र सावधान रहनुहोस्।’

न्युयोर्कको टाइम्स स्क्वायरको तस्बिर।

उत्तरी क्यारोलिनादेखि उत्तरी मेनसम्म जाडो आँधीको चेतावनी जारी गरिएको छ। पूर्वी क्यानडाका केही भागमा पनि पूर्वचेतावनी जारी गरिएका छन्। सोमबारसम्म अमेरिका जाने र आउने पाँच हजारभन्दा बढी उडान रद्द गरिएका छन्। लाखौँ मानिसका घरमा विद्युत् आपूर्ति काटिएको छ।

न्यु जर्सीको तस्बिर।

– बीबीसी