कोलम्बो। आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्।
सुपर–८ को समूह दुईमा रहेका इंग्ल्यान्ड र पाकिस्तानले आज प्रतिस्पर्धा गर्न लागेका हुन्। यो खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको पालिखेल मैदानमा सुरु हुँदैछ।
सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेल खेल्दैछ। यसअघि न्युजिल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो। त्यसकारण उसलाई आजको खेल जित्नैपर्ने दबाब छ।
इंग्ल्याण्डविरूद्ध जित निकाल्न सके पाकिस्तानको सेमिफाइनल सम्भावना प्रबल नै रहन्छ। इंग्ल्याण्ड विजयी भए उसको सेमिफाइनल पुग्ने पक्का हुनेछ।