काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ।

सुपर-८ को समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ। आफ्नै मैदानमा सुपर-८ को पहिलो खेलमा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको श्रीलंका पहिलो जितको खोजीमा छ। पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ।

दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ। आजको खेल मात्र गुमाए श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ। न्युजिल्यान्डसमेत श्रीलंकालाई हराउँदै सेमिफाइनल यात्रा जीवित राख्न चाहन्छ। आयोजकसमेत रहेकाले आजको खेलमा श्रीलंका दबाबमा हुनेछ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।