काठमाडौँ। सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न बिहीबार आदेश दिएको हो।
यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको थियो।
निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।