काठमाडौँ। आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर ८ समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ ।
चेन्नईस्थित एम चिदम्बरम रंगशालामा भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १८४ रन बनायो।
जिम्बाब्वेका लागि ओपनर ब्रायन बेनेटले ९७ रनको अविजित पारी खेले। उनले ५९ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। यसैगरी, कप्तान सिकन्दर रजाले ३१, ताडिवान्शे मारुमानीले २०, टोनी मुनयोंगाले ११ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले ३, वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १–१ विकेट लिए ।
भारतका लागि अभिषेक शर्माले ३० बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी, हार्दिक पान्ड्याले २३ बलमा ४ छक्का र २ चौकासहित अविजित ५०, तिलक वर्माले ४४, इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ तथा सन्जु सामसनले २४ रन बनाए ।
जिम्बाबेका लागि रिचर्ड एनगरभा, सिकन्दर रजा, ब्लेसिङ मुजरबानी र टिनोटेन्डा मापोसा १–१ विकेट लिए ।