काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

खेल - खेलाडी

आफ्नो घुँडाको उपचारका लागि राज्य र एन्फालाई कठघरामा उभ्याउँदा सावित्रा भण्डारी ‘साम्बा’ लाई समर्थनसँगै आलोचना पनि

१५ फाल्गुन २०८२
न्युजिल्यान्ड क्लबबाट व्यावसायिक फुटबल खेल्ने क्रममा घाइते सावित्रा भण्डारी (साम्बा), उपचारका लागि सामाजिक सञ्जालमा अपील गरेपछि समर्थकलाई धन्यबाद दिँदै साम्बा। तस्बिर : साम्बाको फेसबुक पेज
अ+
अ-

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूकी ‘साम्बा’। यहाँहरू सबैलाई थाहा नै छ– म पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो। तर, अझै पनि म उपचारका लागि भौँतारिएकी छु।

मेरा घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण म समयमा पुनरागमन गर्दै मैदान फर्किन सकेँ।

तर, यस पटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन। चोट लागेको तीन सातापछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्ना तर्फबाट प्रयास गर्ने बतायो। तर, सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो। अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो। एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कातर्फ मैले झन्डै दुई महिनापछि मात्र शल्यक्रिया मितिका लागि फेरि प्रयास गर्नुपर्ने भएको छ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ। तर, मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राखेकी हुँ। क्लबले बिमाबाट प्राप्त रकम मेरा लागि निकासा गरिदिने भएको छ। तर, उक्त रकम मेरो शल्यक्रिया र सातआठ महिना रिहाबका लागि अपुग हुने भएकाले आमसमर्थकमाझ सहयोग माग्न आइपुगेकी छु। यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन छ।

नेपालकी फुटबल स्टार सावित्रा भण्डारी उर्फ साम्बाले यसै साता सोसल मिडियामा आफ्नो चोटको पछिल्लो जानकारी दिँदै माथि उल्लेख गरिएको कुरा पोस्ट्याएकी थिइन्। उनको त्यो पोस्टसँगै देश तथा परदेशमा बसोबास गर्ने नेपालीहरूले २१ घण्टाभित्र कृषि विकास बैंकमा रहेको उनको खातामा क्युआरमार्फत करिब डेढ करोड रुपैयाँ जम्मा गरे।

साम्बाको पोस्टमा एक नेपाली फिजियोथेरापिस्ट सुदिन महर्जनले सुझाव दिँदै लेखे, ‘नेपालमै आएर सर्जरी गर्दा हुन्छ। हामीसँग पनि धेरै राम्रा सर्जन र फिजियो छन्।’

घुँडाको शल्यक्रियाका लागि उनलाई आर्थिक सहयोग गर्ने क्रममा केहीले राज्यलाई गाली गर्न भ्याए भने कसैले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को हालको नेतृत्वलाई।

यसैबीच उनको पोस्टमा एक नेपाली फिजियोथेरापिस्ट सुदिन महर्जनले सुझाव दिँदै लेखे, ‘नेपालमै आएर सर्जरी गर्दा हुन्छ। हामीसँग पनि धेरै राम्रा सर्जन र फिजियो छन्।’

सुदिन स्पेनको मेडिकल साइन्स विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका फिजियो हुन्, र उनी महिला राष्ट्रिय टोलीकी स्टार मिडफिल्डर प्रीति राईको रिहाबमा पनि संलग्न थिए। उनले नेपालमै बसेर उपचार गर्दा पाँच लाख रुपैयाँमा पुग्ने दाबी गरेका छन्।

साम्बाको फेसबुक स्ट्याटस https://nepalnews.com/2026/02/27/questions-raised-by-sambas-status/मा फिजियो सुदिन महर्जनको प्रतिक्रिया।

साम्बाको फेसबुक स्टेटसमा फिजियो सुदिन महर्जनको प्रतिक्रिया।तर, उनको यो सुझावप्रति प्रश्न उठाउँदै सोसल मिडियामा जीवन खड्का लेख्छन्, ‘नेताको उपचार भए यही सुझाव दिनुहुन्थ्यो सरजीले।’ राष्ट्रिय टोलीको कप्तान भइसकेको खेलाडीलाई राज्य र एन्फाले एक करोड २० लाख रुपैयाँ (८० हजार अमेरिकी डलर) पनि सहयोग गर्न नसक्ने भन्दै खड्काले दु:ख मनाउ गरेका छन्।

खड्काको यो भनाइप्रति अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने निश्चल श्रेष्ठको आफ्नै तर्क छ। उनले उपचारको विषयलाई सोसल मिडियामा यसरी उठाएका छन्, ‘अब मानौँ, अरू कुनै नेपाली प्लेयरलाई यस्तै इन्जुरी भयो रे? फेरि पैसा उठाएर विदेश लगेर उपचार गर्न सबैलाई सम्भव छ र?’ नेपालमा पनि अस्पताल भएको बताउँदै उनले लेखेका छन्, ‘क्लबले न्युजिल्यान्डमै गर्दिन्छु पनि भनेको रहेछ।’

फिजियो सुदिनको भनाइप्रति असहमति जनाउनेमा कुनैबेला लाइफगार्ड अस्पतालमा नर्सिङ पेसामा कार्यरत सुनीता बराल पनि छिन्। उनले सुदिनको पोस्टमा प्रतिक्रिया जनाउँदै भनेकी छन्, ‘म तपाईंको भनाइप्रति सहमत छैन। नेपालमा टेक्नोलोजी १८औँ शताब्दीको चलिराछ, जबकि विदेशमा २०२६ चलिराछ।’ हाल बेलायतमा कार्यरत उनी प्रीति राईको सर्जरीको विषयमा प्रश्न उठाउँदै भन्छिन्, ‘प्रीति राईको माइनर सर्जरी थियो होला, वा मात्र रिहाबले हुन्थ्यो, उसको भयो, तर साम्बाको मुद्दामा मलाई लाग्दैन कि नेपालमा उपचार गर्न फर्किनु भनेको बुद्धिमत्तापूर्ण निर्णय हुनेछ।’

साम्बाको फेसबुक स्टेटसमा फिजियो सुदिन महर्जनले लेखेको प्रतिक्रियामा जीवन खड्का र निश्चल श्रेष्ठ।

सुनीताको भनाइप्रति सुदिन सहमत देखिँदैनन्। प्रत्युत्तर दिँदै उनी भन्छन्, ‘नेपाल १८औँ शताब्दीमा हिँडिरहेको तपाईंको बुझाइ रहेछ। त्यो तपाईंको गलत धारणा हो। नेपालमा पनि उच्च प्रविधियुक्त चिकित्सक र अस्पतालको सुविधा छ, थोरै मात्रामा भए पनि। म पूर्ण विश्वस्त छु, उनको जस्तो चोट धेरै पटक नेपाली अस्पतालमा समाधान भएको छ।’

साम्बाको उपचारको मुद्दाले अहिले तातेको सोसल मिडियामा एकले अर्कालाई दोष देखाउने क्रम बढ्दो छ। तर, यसको वास्तविकता के हो? किन साम्बा एक्कासि एन्फाको नेतृत्वप्रति आक्रामक भइन्? के उनले भनेजस्तै राज्य उनको उपचारमा उदासीन भएकै हो?

साम्बाको उपचारमा कतार फुटबल संघ उदासीन देखिनु र पत्रको जवाफ पनि नफर्काउनुको कारण यही घटना हो। तर, कतार फुटबल संघले प्रतिक्रिया नजनाएको घटनालाई जसरी राज्यले केही गरेन भन्ने भाष्य निर्माण गरियो, त्यो दुर्भाग्यपूर्ण छ।

यस विषयमा एन्फा अध्यक्ष पंकज नेम्बाङको प्रतिक्रिया छ, “साम्बाले चोट बोकेपछि हामीलाई खबर गरेकै हो। उनले कतारको अस्पेटारमा उपचारका लागि पहल गरिदिन भनेकै हो। हामीले पनि कतार फुटबल संघलाई पत्र पठाएर सहजीकरण गर्न खोजेकै हो। तर, उनीहरूले हाम्रो पत्रको कुनै प्रतिक्रिया दिएनन्। यसपछि समस्या निम्तिएको हो।”

पंकज नेम्बाङ अध्यक्ष निर्वाचित हुनुअघि नेपाल र कतार फुटबल संघबीच निकै राम्रो सम्बन्ध थियो। कतारमा सन् २०२२ को फिफा विश्वकप आयोजना हुँदा नेपाली कामदार कोरोनाजस्तो महामारीलाई बिर्सिएर रंगशाला निर्माणका लागि रातदिन खटेका थिए। नेपाली कामदारको मिहिनेतबाट खुसी भएको कतार फुटबल संघले सन् २०२१ मा प्रो-लाइसेन्स कोच अब्दुल्लाह अल्मुतारीलाई नेपाली फुटबलको विकासका लागि पठाएको थियो। यतिबेला घुँडामा चोट बोकेका विमल घर्तीमगर, विक्रम लामा र साम्बा गरी तीन खेलाडीको उपचार कतार सरकारले अस्पेटारमा निःशुल्क गरेको थियो। साम्बाले अस्पेटारमा उपचार गर्न खोज्नुको कारण पनि यही हो। अस्पेटार विश्वको उत्कृष्ट अर्थोपेडिक्स अस्पतालमध्ये पर्छ।

साम्बाको फेसबुक स्ट्याटसमा फिजियो सुदिन महर्जनले लेखेको प्रतिक्रियामा सुनीता बरालले फर्काएको जवाफ।

तर, अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पा र नेम्बाङबीचको झगडामा आफूले पठाएको प्रशिक्षक अल्मुतारीलाई विवादमा तान्ने काम भएपछि कतार फुटबल संघ नेपालसँग रिसायो। त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीका अधिकांश खेलाडीले पनि अल्मुतारीविरुद्ध मोर्चाबन्दी गरेका थिए।

साम्बाको उपचारमा कतार फुटबल संघ उदासीन देखिनु र पत्रको जवाफ पनि नफर्काउनुको कारण यही घटना हो। तर, कतार फुटबल संघले प्रतिक्रिया नजनाएको घटनालाई जसरी राज्यले केही गरेन भन्ने भाष्य निर्माण गरियो, त्यो दुर्भाग्यपूर्ण छ।

कर्माछिरिङ शेर्पा अध्यक्ष हुँदा एन्फाले खेलाडीहरूको उपचारको विषयमा एउटा नीति बनाएको थियो। जसमा एन्फाले आयोजना गर्ने प्रतियोगितामा घाइते हुने खेलाडीको उपचार एन्फाले नै गर्ने र अन्य प्रतियोगिताको हकमा क्लबहरूले।

साम्बा २ साउन २०८२ मा न्युजिल्यान्डको वेलिङ्टन फोनेक्स क्लबमा आबद्ध भएकी थिइन्। यसका लागि उनी नेपालमा आबद्ध सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रिलिज गरेपछि एन्फाले ट्रान्सफर सर्टिफिकेट उपलब्ध गराएको थियो। उनी कति रुपैयाँमा वेलिङ्टन क्लबमा आबद्ध भइन् र बिमाको प्रावधान के थियो, त्यो केही समयअघिसम्म कसैलाई थाहा थिएन। अनुबन्धित रकमको विषयमा अहिले पनि उनले केही बोलेकी छैनन्। तर, चोट लागेपछि  कतारमा गएर उपचार गर्न किवी क्लब २० हजार न्युजिल्यान्ड डलर उपलब्ध गराउन सहमत भएको उनको भनाइ छ।

वेलिङ्टनमा आबद्ध भएपछि साम्बाले पहिलो चोट २२ कात्तिक २०८२ मा बोकेकी थिइन्, जब उनी क्यानबेरा युनाइटेडविरुद्ध खेलिरहेकी थिइन्। २३ मंसिरमा मेलबर्न सिटीविरुद्ध खेल्दा पनि उनलाई पुनः चोट लागेको थियो। त्यतिबेला उनी दुई साता मैदान बाहिर रहँदा इन्डोनेसियाको योगकार्तामा आयोजना भएको थ्री नेसन्स कप खेल्नबाट वञ्चित भइन्। थ्री नेसन्स कप १०-१६ मंसिर २०८२ मा आयोजना भएको थियो।

यसपछि १९ पुसमा पुनः मैदान फर्किएकी उनी ब्रिजबन रोअरकी गोलरक्षक चोले लिंकनसँग ठोकिन पुग्दा घुँडाको पुरानो समस्या बल्झियो। अहिले विवाद भइरहेको विषय पनि यही घुँडाको उपचारलाई लिएर हो।

कतारमा उपचार गराउने सन्दर्भमा कुरा अगाडि नबढेपछि साम्बाले आफ्नै तरिकाले अगाडि बढ्ने जानकारी गराएकी थिइन्। “कतार फुटबल संघबाट कुनै प्रतिक्रिया नआएपछि उनले एन्फाबाट कति सहयोग हुन्छ भनेर सोधेकी थिइन्। हामीले संघका तर्फबाट ८-१० लाख हुन सक्छ। संघका साथीहरू मिलेर बाँकी केही रकम सहयोग गरौँला भनेको थिएँ,” नेम्बाङ भन्छन्।

यस्तो अवस्थामा साम्बाको उपचारलाई लिएर देश-विदेशमा रहेका नेपालीहरूले चिन्ता व्यक्त गर्नु जायज हो। तर, सीमित स्रोतसाधनमा अगाडि बढिरहेको नेपाली खेलकुदमा ‘आवेग’ सबैभन्दा खतरा मानिन्छ।

नेम्बाङभन्दा अगाडि कर्माछिरिङ शेर्पा अध्यक्ष हुँदा एन्फाले खेलाडीहरूको उपचारको विषयमा एउटा नीति बनाएको थियो। जसमा एन्फाले आयोजना गर्ने प्रतियोगितामा घाइते हुने खेलाडीको उपचार एन्फाले नै गर्ने र अन्य प्रतियोगिताको हकमा क्लबहरूले।

साम्बा विदेशी क्लबबाट खेल्न गएको हुँदा उनको उपचारमा राज्यले कसरी खर्च गर्ने भन्ने विषय नै यतिबेला सबैभन्दा पेचिलो बनेको छ। एन्फाले विदेशमा खेल्न खेलाडीलाई ट्रान्सफर सर्टिफिकेट दिइसकेको अवस्थामा विदेशी लिगमा खेल्ने खेलाडीको उपचारको सम्पूर्ण जिम्मेवारी विदेशी क्लबले उठाउनुपर्छ।

साम्बा आबद्ध फोनेक्स क्लब उनलाई न्युजिल्यान्ड र अस्ट्रेलियामा रहेको विश्वस्तरीय उपचार दिन प्रतिबद्ध छ। यसको पुष्टि साम्बाले आफ्नो स्टेटसमा गरिसकेकी छिन्। तर, उनले उपचारका लागि कतार नै रोज्दा यो समस्या आएको हो।

नेपाली खेलकुदमा यतिबेला दुई खेलाडी यस्ता छन्, जो विदेशमा पनि चर्चित छन्। जसलाई नेपाली खेलकुदको ‘मल्टिस्टार’ भन्दा फरक पर्दैन। ती हुन्– पहिलो, सन्दीप लामिछाने र दोस्रो, साम्बा।

साम्बाले पनि विदेशी क्लबको उपचारको प्रस्तावलाई अस्वीकार गर्दा भविष्यमा नेपाली खेलाडीप्रति युरोपेली क्लबको धारणा के रहन्छ? त्यो बुझ्न जरुरी छ।

यस्तो अवस्थामा साम्बाको उपचारलाई लिएर देश-विदेशमा रहेका नेपालीहरूले चिन्ता व्यक्त गर्नु जायज हो। तर, सीमित स्रोतसाधनमा अगाडि बढिरहेको नेपाली खेलकुदमा ‘आवेग’ सबैभन्दा खतरा मानिन्छ।

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल साम्बाको उपचारको विषयमा गत बुधबार आफ्नो सक्रियतामा युवा तथा खेलकुद मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवबीच गहन छलफल भएको बताउँछन्।

“नेपाली खेलाडी विदेशी क्लबबाट खेल्दा घाइते भइन्। गाली सरकारले सुन्नुपर्ने अवस्था बन्यो,” कुनै बेला खेलकुद मन्त्रालयका सचिव रहिसकेका अर्याल भन्छन्, “त्यही पनि साम्बा नेपालको स्टार खेलाडी भएको हुनाले हामीले चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायका सचिवहरूलाई राखेर के गर्न सकिन्छ भनेर कुरा गरेका छौँ।”

सिंहदरबारमा भएको बैठकमा एन्फा अध्यक्ष नेम्बाङ पनि सहभागी थिए। नेपालको प्रचलित कानुनअनुसार सरकारले कुनै पनि व्यक्तिको उपचार गराउँदा नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनुपर्ने प्रावधान छ। काउन्सिलले नेपालमा उपचार नहुने रोगहरूको हकमा मात्र सिफारिस गर्ने चलन छ।

खेल मैदानमा घाइते साम्बा। तस्बिर : साम्बाको फेसबुक पेज

तर, यतिबेला नेपालका अर्थोपेडिक सर्जनहरू घुँडाको एसएलको उपचार मजाले नेपालमै हुने दाबी गरिरहेका छन्। यस हिसाबले सावित्राको उपचारमा राज्यले कुन तहको अग्रसरता देखाउँछ, त्यो भविष्यले नै बताउनेछ।

अल्मुतारीको मुद्दामा एन्फाका पदाधिकारीले विगतमा आपसमा हिलो छ्यापाछ्याप गर्दा यतिबेला साम्बालाई कतारमा उपचार गराउन गाह्रो परिरहेको छ। यति मात्र होइन, नेपाली खेलाडीहरू अनुशासनमा नबस्दा अल्मुतारीमार्फत मध्यपूर्वमा व्यावसायिक फुटबल खेल्न पाउने अवसर पनि  गुमाएका थिए।

साम्बाले पनि विदेशी क्लबको उपचारको प्रस्तावलाई अस्वीकार गर्दा भविष्यमा नेपाली खेलाडीप्रति युरोपेली क्लबको धारणा के रहन्छ? त्यो बुझ्न जरुरी छ। किनभने, २०५९ सालमा फोहोर जुत्ता लगाएर क्रिकेट खेल्न न्युजिल्यान्ड गएका भारतीय क्रिकेटका दुई स्टार खेलाडी वीरेन्द्र सहवाग र हरभजन सिंहलाई न्युजिल्यान्ड सरकारले अकल्यान्डको विमानस्थलमा रोकेको थियो।

यतिबेला नेपाली फुटबलमा पुनः एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको छ। यस घटनाले भविष्यमा नेपाली खेलाडीलाई युरोपमा व्यावसायिक फुटबल खेल्न नरोक्ला भन्न सकिन्न।