काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेँको छ।
अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा समापन हुनेछ।आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित अभियान सञ्चालन गरिएको छ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने , बरिस्ठ नेता बालेन शाह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ।
रास्वपाले चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायकसम्म अभियान चलाइने जनाएको छ ।
जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुल्चोकसम्म पुग्ने अभियान दिउँसो २ बजेपछि कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकमा पुग्ने तालिका बनाइएको छ ।