संस्कृति

धमाधम बनाइँदै जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा

१६ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा अहिले निर्माण भइरहेको छ।

परम्परागत रूपमा १२ वर्षमा बनाइने यो पाङ्ग्रा आकस्मिक रूपमा बिग्रिएमा मात्र निर्माण गरिन्छ। आन्दोलनका क्रममा आगलागी भएर दुईवटा पाङ्ग्रा नष्ट भएपछि निर्माण प्रक्रिया थालिएको हो।

स्थानीय गुठी तथा सम्बन्धित निकायका अनुसार सरस्वती पूजाको दिनदेखि पाङ्ग्रा निर्माण कार्य सुरु गरिएको हो। दक्ष कालिगडहरूको संलग्नतामा परम्परागत शैली र विधिअनुसार निर्माण भइरहेको पाङ्ग्रा करिब डेढ महिनाभित्र सम्पन्न हुनेछ।

हेर्नुहोस् थप तस्बिर :