काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ।
एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज (शनिबार) यसबारे जानकारी गराएका हुन्। आफ्नो पार्टी देश बनाउने संकल्पका साथ चुनावी अभियानमा होमिएको उनको भनाइ छ।
एमालेबारे स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गरे। उनले भने, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ।”