दोहा। कतारको राजधानी दोहामा इरानबाट प्रहार गरिएको मिसाइललाई वायु प्रतिरक्षा प्रणालीले बीचमै रोकेपछि खसेको भग्नावशेषका कारण औद्योगिक क्षेत्रमा आगलागी भएको कतारी गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त घटनामा कुनै मानवीय क्षति नभएको स्पष्ट पारेको छ। आगलागी नियन्त्रणमा लिइएको र अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।
यसअघि दोहामा एकपछि अर्को गर्दै विस्फोटको आवाज सुनिएको र कतारको वायु प्रतिरक्षा प्रणाली सक्रिय भएको रिपोर्ट आएका थिए। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।