काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१९ फाल्गुन २०८२
अ+
अ-

तेहरान। इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा अहिलेसम्म ७८७ जनाको मृत्यु भएको जनाएको छ।

अमेरिकास्थित मानवअधिकारकर्मीहरूले भने इरानमा १७६ बालबालिकासहित ७४२ जनाको मृत्यु भएको उल्लेख गरेका छन्।

इरानी संसद्‌को स्वास्थ्य आयोगकी सदस्य फतेमेह मोहम्मदबेगीले सोमबार इरानका नौ अस्पताललाई लक्षित गरेर आक्रमण भएको बताएकी छन्।

उनले अमेरिका र इजरायललाई ‘जानाजानी’ अस्पतालहरूलाई लक्षित गरेको आरोप लगाइन्।

यसैबीच इजरायली सेनाले भनेको छ, “आक्रमण अस्पताललाई लक्षित गर्ने उद्देश्यले गरिएको थिएन।”