सिन्धुली। सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४‚ हीरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
काठमाडौँबाट मरिणतर्फ आउँदै गरेको बा.४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०प ९२३ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बसको ठक्करपछि सख्त घाइते भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका २‚ बितिजोरका स्कुटर चालक ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका ५ का राजकुमार माझीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।