सुर्खेत। कर्णालीका सबै जिल्लामा मतदान सुरु भएको छ। बिहीबार बिहान ७ बजेदेखि प्रदेशका सबै नमतदान स्थलहरुमा मतदान सुरु भइसकेकाले प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए।
कर्णालीमा मुल १० लाख ३७ हजार २५० कुल मतदाता संख्या रहेको छ । जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता छन् ।
सुर्खेतमा २ लाख ४८ हजार ९३८ मतदाता छन् । दैलेखमा कुल मतदाता संख्या १ लाख ६१ हजार २०४ रहेको भने सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता छन् । डोल्पामा सबैभन्दा कम २४ हजार ११५, मुगुमा कुल ३६ हजार ३१, जुम्लामा ७१ हजार ७३९, कालिकोटमा ८५ हजार ४४६, हुम्लामा ३४ हजार ३७२, जाजरकोटमा १ लाख ७ हजार ९१, रुकुमपश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् ।
कर्णालीमा कुल मतदातामध्ये करिब ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ। कर्णालीमा ९४१ मतदान स्थल र १४ सयभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ। सबै मतदान स्थलमा मतदान सुरु भइसकेकाे प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
१० वटा जिल्ला रहेको कर्णालीमा १२ वट प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू छन् । सुर्खेत र दैलेखमा २/२ वटा र बाँकी जिल्लामा १/१ वटा छन् । ती निर्वाचन क्षेत्रमा १३८ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।