काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

झापा। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्र पुगेर आज बिहान ७ः१५ बजे मतदान गरेका हुन्। मतदानपछि उनले मतदातालाई निर्भीकतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गरे।

झापा ५ मा नेपाली सेनाले हवाई गस्तीसमेत गरिरहेको छ। जिल्लामा हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ।