काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२१ फाल्गुन २०८२
अ+
अ-

जनकपुर । नेकपा एमालेका उपमहासचिव एवं धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार रघुवीर महासेठ र धनुषा क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महताेले मतदान गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ को सुहृद र पुस्तकालय मतदान केन्द्रमा दुवै जनाले मतदान गरेका हुन्। अहिले मतदान केन्द्रहरूमा मतदाताहरूको भिड लागेको छ। विशेष गरेर पुरुष मतदाताहरू अहिले मतदान केन्द्रमा देखिएका छन् ।

महिला मतदाताहरू भने कमी देखिएका छन्। महिलाहरू खास गरेर १२ बजेपछि मात्र मतदान स्थलमा पुग्ने गरेका कारणले अहिले महिला मतदाताको संख्या कमी देखिएको छ ।