काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गरेका छन्।