नुवाकोट। पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट नुवाकोट १ का उम्मेदवार प्रकाशशरण महतले मतदान गरेका छन्।
उनले नुवाकोट पञ्चकन्या २ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
मतदानपछि उनले भनेका छन्‚ “आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।”