काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

प्रतिनिधिसभा निर्वाचन

३ हजार ६८० वटा मतदान केन्द्र अति संवेदनशील

२१ फाल्गुन २०८२
तस्बिर : सिपि खनाल
अ+
अ-

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ ।’

मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।

मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ ।