सुर्खेत। सुर्खेत जिल्ला कारागारमा रहेका ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए ।
उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ ।