काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कर्तव्य पूरा गरेको बताएकी छन्। काठमाडौँको धापासी हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि कार्कीले देशमा निर्वाचन गर्ने आफ्नो कर्तव्य पूरा भएको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामीलाई दिएको कर्तव्य पूरा गर्‍यौँ, म आज खुसी छु। आज देशमा निर्वाचन भयो।’

२३ र २४ भदौमा भएको जेन-जी प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

कार्की सरकारले २१ फागुनमा निर्वाचन गर्ने निर्णय गरेको थियो।