काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेशका दशवटै जिल्लामा मतदान चलिरहेको छ।

प्रतिनिधिसभाका १२ निर्वाचन क्षेत्र रहेका कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४०० भन्दा बढी मतदान केन्द्र छन्। सबै मतदान केन्द्रमा मतदान चलिरहेको निर्वाचन आयोगको कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार ११ बजेसम्म माथिल्लो कर्णालीका जिल्ला हुम्लामा सात हजार ३९३, मुगुमा नौ हजार ४२०, कालीकोटमा सात हजार ८४७, जुम्लामा दुई हजार ८५९, डोल्पामा दुई हजार ८५७ मत खसेको छ।

यस्तै सुर्खेतमा ५१ हजारभन्दा बढी मत खसेको छ। जाजरकोटमा १० हजार ४०२, दैलेखमा पाँच हजार ५६४, रुकुम पश्चिममा १२ हजार ३४७, सल्यानमा १६ हजार ७८५ मत खसेको गुरुङले जानकारी दिए।