काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ। मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उनले भने, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिने छ।”

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरेका छन्। मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए। साथै उनले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए।