भक्तपुर। भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ।
भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना सुरु गरिने बताए।
मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ। दुवै मतगणनास्थलमा एकैपटक चार-चार पकेटमा मतगणना गर्ने गरी तयारी गरिएको छ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कूल ७१ द्यशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।