सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
मतगणनाको प्रारम्भिक परिणामअनुसार यो क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
एमालेका उम्मेदवार लक्ष्मी प्रसाद पोखरेलले ३६९ मतसहित अग्रता लिएका हुन्। काँग्रेसका उम्मेदवार दिक्पाल शाहीले १८६ मत ल्याएर दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार बखतबहादुर शाहीले १२३ मत पाएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार योगेन्द्रबहादुर शाहीले ६० मत पाएका छन् ।