काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पराजित

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्। उनले १८ हजार ७५७ मत पाएका छन्।

उनका निकटम प्रतिस्पर्धी घिसिङले ११ हजार १७१ मत ल्याए। निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार र एमालेका रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गरेका छन्।

पाण्डे विजयी भएपछि घिसिङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। पाण्डे काठमाडौँ महानगरपालिकाको पूर्वनगर प्रहरी प्रमुख हुन्। उनले स्नात्तकोत्तर गरेका छन्। पाण्डेको ३० वर्षभन्दा बढी सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा अनुभव रहेको छ ।