भैरहवा। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. लेखजंग थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।
हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका थापाले एक हजार ३७७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका उमेदवार सुशील गुरुङले २४९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २४८ मत पाएका छन्।
नेकपा एमालेका उमेदवार बासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन्।