जनकपुरधाम। सर्लाहीको क्षेत्र नंम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका महतोले ६३६ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवले २३२, नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले २००, नेपाली कांग्रेसका डा। सरोज कुमारले ४२ र नेकपा एमालेका नागेश्वर साहले २६ मत प्राप्त गरेका छन्।
क्षेत्र नं २ मा अहिले हरिपुर्वा नगरपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना भइरहेको छ। क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभा मलंगवामा मतगणना भइरहेको हो।