सुर्खेत। सुर्खेत–२ मा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले सुरुवाती अग्रता लिएका छन्।
बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार देवककोटा १८ मतले प्रतिद्वन्द्वीभन्दा अगाडि छन्।
उनले ३१५ मत पाएका छन्। नेपाली कांग्रेसका नारायण कोइरालाले दुई सय १७, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक सय ६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले एक सय २७ मत प्राप्त गरेका छन्।