काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
विष्णुबहादुर खड्का।
अ+
अ-

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्।

खड्काले २६ हजार ८९७ मत ल्याएर विजयी हुँदा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत पाएका छन्।

रास्वपाका टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाएका छन्। नेकपाका जितबहादुर रानाले दुई हजार ८२८ र राप्रपाका रविकिरण हमालले एक हजार ४९ मत पाएका छन्।

सुर्खेत १ बाट निर्वाचित विष्णुबहादुर कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर भाइ हुन्।